२० कार्तिक २०८३, शुक्रबार

निर्वाचनको मौका छोपी सीमावर्ती परासीमा तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

परासी, २५ वैशाख । नवलपरासीको दाउन्ने पारीको क्षेत्रमा बैशाख ३१ गते निर्वाचन हुदैंछ । सिमांकनमा प्रदेश नम्बर ४ परेको उक्त क्षेत्रमा निर्वाचनमा भइरहँदा जिल्ला सदरमुकाम क्षेत्रमा भने तस्करहरु सल्बलाउन थालेका छन् ।

जिल्लाको सुरक्षा संयन्त्र निर्वाचनमा केन्द्रीत भइरहेको बेला सीमा क्षेत्रमा तस्करहरु सल्बलाउन थालेका हुन् । निर्वाचन नजिकदैं जाँदा तस्करहरु दिनप्रतिदिन आफ्नो अबैध कारोबारलाई तिब्रता दिन थालेका छन् ।

नवलपरासीका महेशपुर, गेरमी, भुजहवा नाकाबाट चोरी तस्करी दिनप्रतिदिन भइरहेको समाचार स्रोतले जनाएको छ । महेशपुर गेरमीबाट शंकर रौनियार समुहले कपडाको अबैध कारोबार गरिरेहेको छ । भुजहवा नाकाबाट राजेन्द्र प्रसाद शर्मा समुहले सुपारी र कपडाको कारोबार गरिरहेको छ । गेरमीबाट नै पन्जाबी मुसलमान समुहले ठूलो परिणामको कुखुराको कारोबार गरिरहेको छ ।

केहीदिन अगाडी राजेन्द्र शर्माको कपडा सहितको गाडी बरामद गरी परासी प्रहरीले भैरहवा भन्सार पठाएको पनि छ । स्रोतका अनुसार सो गाडीमा रहेको कपडाको गुणस्तर र संख्या घटाएरै उनले सो गाडी नेपाल भित्राउदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

यता नवलपरासी प्रहरीले भने निर्वाचनको बेला चोरी तस्करी बढी हुन सक्ने भन्दै सुरक्षा सर्तकतालाई थप मजबुत बनाएको जिकीर गरेको छ । परासी प्रहरी प्रवक्ता समेत रहेका डिएसपी विष्णुहरी कोइरालाले भने “हामीले हिजो मात्रै पनि केही अबैध सामान बरामद गरी भन्सार पठाएका छौं । अहिले प्रहरी सर्तकता उच्च छ ।”

डिएसपी कोइरालाले नवलपरासीको सीमावर्ती क्षेत्रबाट अपराधीहरु, विस्फोटक पदार्थ प्रवेश होला भनेर प्रहरी चेंकजांचलाई तिब्रता दिइरहेको बेला अबैध कारोबार हुने कुरा सम्भब नभएको दाबी गरे ।

जिल्लामा प्रहरीकोे थपबलको रुपमा सुरक्षा गस्ती र चोरी तस्करी नियन्त्रणमा म्यादी प्रहरी पनि खटाइएको पाइएको छ तर पनि तस्करी झनै बढेर गएको छ ।