२० कार्तिक २०८३, शुक्रबार

राप्रपाका विद्यार्थी संगठनका अधिकांश पदाधिकारी स्थानीय चुनावमा उम्मेदवार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंघका अधिकांश केन्द्रीय पदाधिकारी स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् ।

राप्रविसंघ महासचिव राज बस्नेतका अनुसार उपाध्यक्ष निराजन बम पलाँसा गाउँपालिका कालिकोटको उपप्रमुखमा उम्मेदवार भएका छन भने विद्यार्थी संगनठका अर्का उपाध्यक्ष श्याम यादव लक्ष्मीपुर गाउँपालिका सिरहाको उम्मेदवार बन्ने तयारीमा छन ।

त्यस्तै तत्कालिन राप्रविसं नेपालका सह–संयोजक कुमार गजुरेल बेलकोटगढी नगरपालिका नुवाकोटको मेयर पदको उम्मेदवार छन् ।

यसैगरी राप्रविसं महासचिव राज बस्नेत लामिडाँडा गाउँपालिका खोटाङको अध्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नपाको उपमेयरमा सङ्गठनकी कोषाध्यक्ष कुमारी तामाङ उपमेयरको प्रत्यासी छिन् ।

त्यस्तै विद्यार्थी केन्द्रीय सदस्य देवेन्द्र माल बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरको वडा अध्यक्षको उम्मेदवार रहेका छन् ।