२० कार्तिक २०८३, शुक्रबार

दिगो विकास लक्ष्यका लागि युवा परिचालन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २४ वैशाख । दिगो बिकास लक्ष्य स्थानीयकरणका लागि युवाहरुको भुमिका सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सुरु भएको छ । समृद्ध नेपाल निर्माणका लागि युवा परिचालन गराउने सरकारको उदेश्यअन्र्तगत युवाहरुलाई तालिम दिइएको हो ।

जिल्ला समन्वय समिति र जिल्ला युवा सञ्जालको आयोजना तथा युएनएफपिए, सेभ द चिल्ड्रेन उदयपुर, वल्र्डभिजन इन्टरनेशनल र जिल्ला युवा समिति उदयपुरको समन्वय र सहकार्यमा सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट ३० जना युवाहरुको सहभागिता रहेको छ ।

तालिममा संयुक्त राष्ट्र संघले तयार पारेको दिगो विकास लक्ष्य सम्बन्धी तयार पारेको १७ वटा उदेश्यमा आधारित रहेका सहजिकरण गरिएको आयोजक युवा संजालका अध्यक्ष तुलसीराम चौलागाईले बताउनुभयो । दिगो बिकास लक्ष्यअन्र्तगत सुस्वास्थ्य तथा समृद्ध जीवन, गरिवीको अन्त्य, गुणस्तरीय शिक्षा, लैगिंक समानता, भोकमरीको अन्त्य, मर्यादित काम र आर्थिक बृद्धी छन् ।

त्यसैगरी जलवायुमा पहल, जमिनमाथिको जीवन, उद्योग नविन खोज र पुर्वाधार, असमानता न्युनिकरण, शान्ति, न्याय र संक्षम निकायहरु, लक्ष्य प्राप्तिका लागि साझेदारीहरु, दिगो सहर र समुदाय, दिगो उपभोग तथा उत्पादन, स्वच्छ पीउने पानी तथा सरसफाइ, किफायती र स्वच्छ उर्जा रहेकाछन् ।

तालिमको पत्रकार बबिता परियार, गैससकर्मी सरस्वती दनुवार, आसन दनुवार, लगायतले सहजिकरण गर्नुभएको छ । तालिमको उदघाटन् गर्दै स्थानीय बिकास अधिकारी गणेशप्रसाद दाहालले देश विकासको मेरुदण्ड युवा नै भएकाले उनीहरुको क्षमता विकास गरी राष्ट्र निर्माणमा खर्चिनु पर्ने बताउनुभयो ।

उहाँले परिवर्तित अवश्थामा युवाहरुको अहंम भुमिका हुने भएकाले व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो गाउँ समाज र देशलाई अगाडी बढाउनु नै युवाहरुको प्रमुख दायित्व रहेको बताउनुभयो । दाहालले स्थानीय स्तरको स्रोतसाधन परिचालन मात्र नभई संरक्षण र खोजी गर्नु पनि युवाको दायित्व भएको बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले समुद्ध नेपाल निर्माणका लागि राज्यले युवा नीति बनाएर मुलुकमै बस्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । उहाँले राज्यका हरेक निकायमा युवालाई सहभागिता बनाई अगाडी बढाउन सके मात्र समृद्धशालि मुलुक बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष महेश्वरी राई, युएनएफपिएका जिल्ला प्रमुख केदार राना लगायतले बोल्नु भएको थियो । त्यसैगरी जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत राजकुमार खड्का, जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र खड्का, सेभ द चिल्डे«न उदयपुरका दिपक बुढाथोकी, वल्र्डभिजनका धनबहादुर लामा, जिल्ला युवा सञ्जालका अध्यक्ष तुलसीराम चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण पत्रकार बबिता परियार, गैससकर्मी सरस्वती दनुवार र आसन दाहालले गर्नु भएको थियो ।