२० कार्तिक २०८३, शुक्रबार

पाँचथरमा चटयाङ लागेर ५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँथचर, २३ वैशाख । पाँचथरमा बिभिन्न ठाउमा आज दिनको ३ बजे चटयाङ लागेर पाँच जना घाईते भएका छन ।

फालेलूङ गाउपालिका ७ निवासि ३० बर्षीय मन कूमार केरुङ पानी परिरहेको अवस्थामा ओत लागेको समयमा चटयाङको झडकाले घाईते भएको प्रहरीले जनाएको छ ।

उनको उपचार स्वाथ्य चौकी सिदिनमा भइरहेको छ । अर्का धनमाया आङबोको खोरमा रहेको सूगूरका ३ वटा पाठा चटयाङको, झड्काले मरेका छन ।

आजै फिदिम नगर पालीका १३ जरबूटेमा हाईड्रोपावरमा परेको चटयाङको झडका लागी नजिकैको घरमा बसिरहेका २७ बर्षीय भद्र दूलाल , २५ बर्षीय प्रदिप राई , ३३ बर्षीया जमूना राई, ६ बर्षीय छोरा केरबिर राई समेत ४ जना घाई भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उपचार स्वाथ्य चौकी नागीनमा भइरहेको छ । सोहिठाउका भद्र दूलालको एउटा भंैसिझडका लागी मरेको छ ।