काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैका छोरी र ज्वाइँ जिताउन एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले एमाले र राप्रपाको गठबन्धन देश र प्रजातन्त्रका लागि भएको दाबी गरे । एमाले–राप्रपा गठबन्धन अस्वभाविक भएको भन्दै आलोचना भइरहेका बेला ओलीको यस्तो धारणा आएको हो । एमाले र राप्रपाले काठमाडौं महानगरपालिकामा चुनावी तालमेल गरेका छन् ।
अध्यक्ष ओलीले काँग्रेस र माओवादी गठबन्धन गलत उद्धेश्यका साथ बनेको दाबी गर्दै अगाडि भने– ‘काँग्रेस माओवादीजस्तो गलत कामका लागि बनाइएको गठबन्धन होइन राप्रपा र एमालेको तालमेल । कसैका छोरी र ज्वाइँ जिताउन गरिएको तालमेल होइन यो । यो देश र राष्ट्रियताका लागि गरिएको तालमेल हो ।’













प्रतिक्रिया