२० कार्तिक २०८३, शुक्रबार

दुर्व्यसनी रोक्न कृष्णपुरमा बृहत् सांस्कृतिक कार्यक्रम

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृष्णपुर, २१ वैशाख । लागु पदार्थ तथा दुर्व्यशनी न्यूनीकरणका लागि जनचेतना जगाउने उद्धेश्यले सञ्चालन गरिएको वृहत सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

कृष्णपुरनगर पालिकाको आर्थिक सहयोगमा कृष्णपुर वाल सञ्जालद्धारा आयोजित कार्यक्रम बुधवार बंकमा सम्पन्न भएको हो । वालअधिकार संरक्षणको अभियानलाई सास्कृतिक कार्यक्रम मार्फत लागु पदार्थ तथा द्रुव्र्यशनी न्यूनीकरण सम्वन्धी जनचेतना जगाउने उद्धेश्यका साथ सास्कृतिक कार्यक्रमको आयोजना गरेको आयोजकले वताएको छ ।

जनउत्थान आधारभुत विद्यालय गुन्यालफाटा (बंक)मा सञ्चालन गरिएको कार्यक्रममा वर पिपल नाटक समुह अत्तरिया,स्पाइन्डो डान्स ग्रुप अत्तरिया, गायक लोकेन्द्र परियार लगायतका विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको बताइएको छ । बाल सञ्जाल का अध्यक्ष भरत भट्टको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथीमा जनउत्थान आधारभुत विद्यालयका प्र.अ. दिपक सिह भण्डारी रहनु भएको थियो भने विशिष्ठ अतिथीमा सह प्र.अ.चेतराम लावड रहनु भएको थियो । यशोदा चन्दले स्वागत गरेको कार्यक्रमको सञ्चालन गणेश अवस्थी र नरेश नाथ योगीले गर्नु भएको थियो ।