२० कार्तिक २०८३, शुक्रबार

एईसीसीद्वारा ‘ग्लोबल अष्ट्रेलिया एजुकेशन डे २०१७’ आयोजना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । एईसीसीले ‘ग्लोबल अष्ट्रेलियन एजुकेशन डे में २०१७’ आयोजना गर्ने भएको छ ।

सन् २००८ मा स्थापित एईसीसीले मेँ ९ तारिकका दिन विहान ११ देखि बेलुकी ५ः३० बजेसम्म काठमाडौंको सनराइज बिज पार्क, कमल पोखरी मार्ग, चारखाल, डिल्लीबजार–३३मा आयोजना हुने जनाइएको छ ।

त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगा मेँ १० विहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म र मेँ ११ मा चितवन भरतपुर–१०, बालमन्दिर चोक, एयरपोर्ट रोडमा विहान ११ देखि बेलुकी ३ः३० सम्म आयोजना हुने जानकारी दिइएको छ ।

कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने एईसीसीले जनाएको छ ।

कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने छ । संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छा अनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् ।

कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै, तत्काल प्रक्रिया अगाडि बढाई आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोसेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष परामर्श लगायत सुविधा प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रम मार्फत योग्य विद्यार्थीका लागि छात्रबृत्तिको समेत ब्यवस्था गरिएको जानकारी दिइएको छ । कार्यक्रममा सहभागिताका लागि आईईएलटीएस÷पीटीई÷टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको छ । कार्यक्रम मार्फत विभिन्न अफर हात पार्नका लागि आफ्ना शैक्षिक प्र्रमाण पत्रका सक्कल तथा प्रतिलिपी पनि साथमा ल्याउन आग्रह गरिएको छ ।

सहभागीले अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षका लागि कार्य अधिकार (वर्क राइट) पनि प्राप्त गर्न सक्ने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।