काठमाडौँ, २० बैशाख । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा रोल्पा जुगार–७ घर भई काठमाडौँ मुलपानी बस्ने ३६ बर्षीय एमेन्द्र ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ओलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ तिलगंगा बस्ने ईलाम घर भएका ३५ बर्षीय खेम चौलागाईलाई खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारको लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया