२० कार्तिक २०८३, शुक्रबार

उदयपुरमा शक्तिशाली बम भेटियो, सेनाद्वारा डिस्पोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

गाईघाट, २० वैशाख । उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट वम नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि गोठ बनाउन खनिएको खाल्डोमा भेटिएको ६ थान सकेट बम भवानी दल ताराघारी गुल्मले मंगलबार साँझ डिस्पोज गरेको हो ।

ताराघारी गुल्मका प्रमुख क्याप्टेन भरत गिरीको नेतृत्वमा सिरहाबाट आएको सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । ‘बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे,’ प्रजिअ पराजुलीले भन्नुभयो, ‘प्रहरी टोलीले शक्तिशाली बम नै भएको जानकारी दिएपछि सेनाको डिस्पोज टोली पठाएर निष्कृय पारिएको हो ।’

सोमबार स्थानीय गणेश गिरीले गाईबस्तुको लागि ग्वाली निर्माण गर्दा खाल्डो खन्नेक्रममा ६ थान बम फेला पार्नु भएको थियो । बम शक्तिशाली जस्तो देखिएपछी स्थानीय त्रसित भएर प्रहरीलाई खबर गरेका थिए ।

बम डिस्पोज पछि इलाका प्रहरी कार्यालयका कटारीका डिएसपी चिरन्जिवी कोईलाले सशस्त्र द्वन्दको क्रममा लुकाईराखेको हुन सक्ने आंशका गर्नुभयो । त्यस क्षेत्रमा तत्कालिन माओवादी जनयुद्धको वेला माओवादीले आधार इलाका घोषणा गरेकाले लुकाएर राखेको हुन सक्ने बताउनुभयो ।