गाईघाट, २० वैशाख । प्रधानन्यायाधिश शुशिला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको यहाँका मानवअधिकारकर्मीले विरोध जनाएका छन् ।
बुधबार जिल्लाका १४ वटा मानवअधिकारबादी संघसंस्थाले संयुक्त विज्ञप्ती निकाल्दै उक्त अभियोग फिर्ता लिन आग्रह गरेका छन् ।
विज्ञप्तीमा राज्यको महत्वपूर्ण अगंकोरुपमा रहेको स्वतन्त्र न्यायमुर्ती कार्कीमाथि लगाइएको निराधार पूर्ण आरोप निन्दनिय भएको भन्दै शक्ति पृथकिकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायपालिका माथि जथाभावि हस्तक्षेप नगर्न भनिएको छ ।
स्वयंम सरकारको जिम्मेवारी लिने टार्पीहरुको मिलेमत्तोमा नेपाल प्रहरीभित्र आतंक सृजना गर्ने र शक्तिपृथकीकरणको सिद्धान्तको धज्जि उडाउँदै कानुनी राज्यलाई उपहास गर्दै लोकतन्त्रलाई कमजोर पार्ने दुरासयपूर्ण कार्य निन्दनीय छ विज्ञप्तीमा भनिएको छ ।
संबिधान र कानुन विपरित गैर कानुनी निर्णयबाट गरिएको प्रहरी महानिरीक्षक नियुक्ती वदर र विभिन्न भ्रष्टाचारको मुद्दामा भ्रष्टाचारीहरुलाई दोषी ठहर गरी गरेको फैसलाको प्रतिसोध लिन वतर्मान सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेको ति संस्थाहरुले ठहर गरेकाछन् ।












प्रतिक्रिया