२० कार्तिक २०८३, शुक्रबार

प्रधानन्यायाधीशमाथिको महाअभियोगविरुद्ध प्रवुद्ध समूहको ५ बुँदे वक्तव्य

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्रवुद्ध समूहले प्रधानन्यायाधीशमाथिको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायापालिकामाथिको आक्रमण भनेको छ ।

प्रवुद्ध समूहको वैशाख १८ अपरान्ह काठमाडौंमा बसेको भेलाले यस्तो निश्कर्ष निकालेको हो । साथै, लोकतन्त्र र संविधानसँग सरोकार राख्ने विषयमा गम्भीर ध्यानाकर्षण समेत जनाएको छ ।

यस्ता छन् प्रबुद्ध समूहका निर्णयहरुः

१. सर्वोच्च अदालत लगायतका स्वतन्त्र निकायहरूमाथि भएका हस्तक्षेपले
लोकतन्त्र र शक्ति पृथकीकरणको मान्यताको खिल्ली उडाएको छ ।

२. संविधानसभाद्वारा निर्मित संविधान कार्यान्वयन हुन नसकी थप संवैधानिक
संकट उत्पन्न हुने
परिस्थिति निर्माण हुने हुनाले समयमै स्थानीय तहको निर्वाचन एकैचरणमा
सम्पन्न गरिनुपर्छ । अन्यथा देश थप अन्योल र संकटको भूमरीमा फस्ने
निश्चित छ ।

३. यतिबेला संविधान कार्यान्वयनको शिलशिलामा संकटको कालो बादल
मडारिने स्थिति पैदा भएको छ । बहुराष्ट्रिय राज्यको गलत र खतरनाक
मान्यता स्थापित गर्ने षडयन्त्र चलिरहेको छ । यसतर्फ सबै देशवासी सचेत
भएर राष्ट्रको रक्षामा एकजुट हुनु जरुरी छ ।

४. राजनीतिक क्षेत्र, नागरिक समाज र अन्य आवरणमा राष्ट्रको
सार्वभौमसत्ता, अखण्डता र सामाजिक सद्भावमाथि खलल पु¥याउने गरी
छदम्भेषी शैलीमा गतिविधि गर्ने राष्ट्रघातीलाई चिनेर नाङ्गेझार
बनाउनेतर्फ पनि हामी उद्यत छौं ।

५. संवैधानीक, राजनीतिक लगायत देशमा सृजना गरिएको संकटमाथि पनि
हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रको सार्वभौमसत्ता र
स्वतन्त्रताको रक्षाका निम्ति सम्पूर्ण राष्ट्रप्रेमीलाई एकजुट हुन समेत आग्रह
गर्दछौं । र, यस दिशामा आगामी दिनहरूमा हामी निरन्तर खबरदारीमा
लागिरहनेछौं । र अन्य तह र तप्कालाई पनि यस किसिमको खबरदारीमा
लागिरहने अपिल गर्दछौं ।

बौद्विक,प्रवुध्द समूहको बैठकमा सहभागीहरू (वर्णानुक्रम अनुसार राखिएको छैन।)

1 आनन्दराम पौडेल  –  फ्रिलान्सर लेखक, विश्लेषक।
2 टिका धमला –पूर्व मेजर जनरल
3 चिनियाँबहादुर बस्नेत –पूर्व सहायक रथी
4 डा. प्रेमसिंह बस्न्यात – पूर्व सहायक रथी
5 विष्णुराज अर्याल –राजनीतिकर्मी
6 विश्वकान्त मैनाली –वरिष्ठ अधिवक्ता
7 सन्तोसजङ्ग ज्यु ठाकुर, पूर्व प्रमुखसेनानी
8 प्रेम कैदी–वरिष्ठ पत्रकार
9 सरस्वती कर्माचार्य–पत्रकार
10 वुद्विनारायण श्रेष्ठ–सीमाविद्
11 निलाम्बर आचार्य–संविधानविद्
12 लक्ष्मणप्रसाद घिमिर –पूर्वमन्त्री
13 लोकेस ढकाल–राजनीतिकर्मी
14 हिरण्यलाल श्रेष्ठ –पूर्व राजदूत
15 सुवास भट्ट –पत्रकार
16 कृष्णप्रसाद कटुवाल –अधिवक्ता
17 डा. माधव गौतम –प्राध्यापक
18 रामचन्द्र बानियाँ –अधिवक्ता
19 सुरेन्द्र कार्की –नागरिक अभियान्ता
20 मिनराज गुरुङ –राष्ट्रवादी अभियान्ता
21 डा. युवराज संग्रौला –पूर्व महान्यायाधीवक्ता
22 साध्यवहादुर भण्डारी –राजनीतिकर्मी
23 केदार खड्का –सुशासन अभियान्ता
24 पुण्य गौतम ‘विश्वास’ –राजनीतिकर्मी÷विश्लेषक
25 भरतबहादुर थापा –पूर्व अध्यक्ष –ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपाल
26 देवप्रकाश त्रिपाठी –सम्पादक, घटना र विचार
27 रत्नसंसार श्रेष्ठ –जलस्रोतविद्
28 डा. भूवप्रसाद त्रिपाठी –प्राध्यापक
29 डा. द्वारिकानाथ ढुंगेल –पूर्वसचिव
30 श्रीहरि अर्याल –वरिष्ठ अधिवक्ता
31 टंक पन्त –पत्रकार
32 डा. बाबुरामसिंह थापा –प्राध्यापक
33 ध्रुवहरि अधिकारी –वरिष्ठ पत्रकार
34 डा. जगदिस बराल –सामाजिक अभियान्ता
35 डा. भिमार्जुन आचार्य –संविधानविद्
36 आदित्यमान श्रेष्ठ –वरिष्ठ पत्रकार
37 अनिल योगी –सामाजिक अभियान्ता