२० कार्तिक २०८३, शुक्रबार

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सलिम अन्सारी

प्युठान, १९ वैशाख । प्युठानमा ट्याक्टर दुर्घट्ना हुदा एक जनाको ज्यान गएको छ । स्वर्गद्धारी नगरपालिका –३ सोड भन्ने स्थानमा आज विहान ८ वजे ट्याक्टर दुर्घटनामा परेको हो ।

मंगलबार बिहान जलुकेबाट सोड् तर्फ जाँदै गरेको लु २ त ६९०० नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दाङ्ग सैघाका १६ वर्षिय मनोज रानाको ज्यान गएको हो ।

ट्याक्टर उकालो वाटोमा लोड वढी भएकोले अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ट्याक्टर वाटो भन्दा ५० मिटर तल खसको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा राखिएको प्युठान प्रहरीले जनाएको छ ।