२० कार्तिक २०८३, शुक्रबार

ओम अस्पतालमा श्रम दिवसको अवसरमा कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । १ सय २८ औं श्रम दिवसको अवसरमा ओम अस्पताल तथा रिसर्च सेन्टर– कर्मचारी युनीयनको आयोजनमा चावहिलस्थित अस्पताल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष उद्धव पौडेलले कर्मचारी, चिकित्सक तथा लगानीकर्ताको त्रिपक्षीय समझदारीबाट मात्र अस्पतालको भविष्य उज्वल हुने धारणा राख्नुभयो । अध्यक्ष पौडेलले छिट्टै ओम अस्पताललाई मुलुकको सबैभन्दा उत्कृष्ट निजी अस्पताल बनाइने जानकारी दिनुभयो ।

अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सबै खाले विरामीका लागि आवश्यक सुविधा अस्पताल परिसरमा मै व्यवस्था गर्न लागिएको भन्दै गुणस्तरीय सेवा दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतमले एक पक्षले मात्र चाहेर अस्पतालले गुणस्तरीय सेवा दिन नसक्ने भएकाले सहयोगका लागि सम्बन्धित् पक्षसँग आग्रह गर्नुभयो ।

कर्मचारी युनीयनका अध्यक्ष केशवप्रसाद चौलगाईले धेरै चुनौतीहरुका बाबजुद कर्मचारीहरुको हक हितका लागि युनीयनले धेरै काम गरेको जानकारी दिनुभयो । सचिव विक्रम मुडभरीले आफनो वार्षिक प्रतिवेदन तथा ज्वाला सुवेदीले स्वागत भाषण गर्नु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा डाक्टर धुव्रप्रसाद मुडभरी तथा अतिथिहरुको रुपमा संचालकहरु डाक्टर उग्रनारायण पाठक, डाक्टर रिता सिंह, आनन्द श्रेष्ठ, चक्रबन्धु अर्याल, हरिप्रसाद पाठक, विजय मल्ल सहित अस्पतालका अन्य कन्स्लट्यान्ट डाक्टर तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको समाप्तीपछि सांस्कृतिक कार्यक्रम पनि प्रर्दशन गरिएको थियो ।