२० कार्तिक २०८३, शुक्रबार

यसकारण राधाले पाउन सक्छिन् काठमाडौं उपमेयरको टिकट

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्यक्रममा सम्बोधन गर्दै राधा घले

काठमाडौं, १८ वैशाख । कांग्रेस नेतृ राधा घलेले काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि दाबी प्रस्तुत गर्दै केन्द्रीय नेतृत्वले आफ्नो योगदानको मूल्यांकन गर्ने अपेक्षा लिएको बताएकी छन् ।

काठमाडौं महानगरपालिकामा आफूले उपमेयर पदमा दाबी गरेर पार्टी नेतृत्वलाई जानकारी गराइसकेको घलेले बताइन् । ‘उपमेयर पदमा धेरैको दाबी हुन सक्छ’, उनले भनिन्, ‘तर सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्न सक्छु । नेतृत्वले मलाई विश्वास गरेर मौका दिनुपर्छ ।’

नेपाल तरुण दलको (केन्द्रीय कार्यसमिति) कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी घलेले भनिन्, ‘०४६ सालदेखि म निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छु । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा होस् वा ०६२/०६३ को लोकतान्त्रिक आन्दोलन । सबैमा मैले सक्रिय भूमिका निभाएको छु ।’

उनले भनिन्, ‘कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेरो योगदानको मूल्यांकन अवश्य गर्नेछ ।’ उपमेयर पदमा टिकट पाएपछि राजधानीलाई सुरक्षित र सफा बनाउन आफूले भूमिका खेल्ने कांग्रेस नेतृ घलेको भनाइ छ ।

काठमाडौंको डिल्लीबजारमा बसोबास गर्दै आएकी घलेले जनताको अधिकारको आन्दोलनमा आफू पटक–पटक प्रहरी प्रशासनको नजरमा निशाना बनेको उल्लेख गरिन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने कांग्रेस नेतृ घलेले पार्टीले कसैलाई काखापाखा नगरी संगठनमा भएको योगदानका आधारमा टिकट वितरण गर्नुपर्ने बताइन् ।

वैशाख ३१ गतेको निर्वाचन अन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदै छ । कांग्रेसले मेयर र उपमेयरमा टिकट वितरण गर्नका लागि पार्टी मुख्यालय सानेपामा शीर्ष नेताहरूको बैठक बोलाएको छ ।