२० कार्तिक २०८३, शुक्रबार

‘म महिला भएकै कारण मेयर पदको टिकट नपाउने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १८ वैशाख । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा गुल्मी जिल्लाको मुसीकोट नगरपालिकामा मेयर पदमा दाबी प्रस्तुत गरिरहेकी कांग्रेस नेतृ विष्णुकुमारी सापकोटाले आफ्नो प्रचार–प्रसारलाई तीब्रता दिएकी छन् ।

मुसीकोटबाट मेयर पदका लागि कांग्रेसबाट पहिलो नम्बरको सिफारिसमा परेकी सापकोटाले चुनावी माहोल आफ्नो पक्षमा रहेको दाबी गरिन् । ‘मुसीकोट नगरपालिका स्थापना गर्दा मेरो ठूलो भूमिका छ’, उनले भनिन्, ‘यहाँका जनतासँग मेरो आत्मियता जोडिएको छ । गाउँटोलीसँग म परिचित छु ।’

कांग्रेस नेतृत्वले आफूलाई मेयर पदमा टिकट दिने सापकोटले दाबी गरिन् । नेपाली कांग्रेस गुल्मी जिल्ला कार्यसमितिको वर्तमान सचिव समेत रहेकी सापकोटाले गुल्मी महिला संघको दुई कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेकी छन् ।

तपाईलाई मेयर पदमा कांग्रेसले किन टिकट दिने ? भन्ने प्रश्नमा सापकोटाले भनिन्, ‘मैले दाबीका साथ भन्न सक्छु । मुसीकोट नगरपालिकामा मेरो जित सुनिश्चित छ । म महिला भएकै कारण टिकट नपाउने भन्ने प्रश्नै आउँदैन । ३० वर्षदेखि मैले कांग्रेसमा लगानी गरेको छु ।’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘म महिला भएकै कारण मेयर पदको टिकट नपाउने त ?’

कांग्रेसले उपमेयरमा टिकट दियो भने के गर्नु हुन्छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले मेयरमा टिकट पाउनु पर्छ भनेर केन्द्रीय नेतृत्वसँग पनि कुरा गरेको छु । जिल्ला तहमा पनि कुरा भएको छ । सबैले हुन्छ भन्नु भएको छ । मेरो दाबी मेयरमा हो । उपमेयरमा होइन ।’

विजयी भएमा मुसीकोट नगरपालिकामा रहेका तत्कालीन चार वटा गाविस र ३ वडाहरूलाई पर्यटन, कृषि, हाइड्रोपावर, सडक निर्माण, कालोपत्रे, चक्रपथ निर्माण, लंगिक हिंसाको अन्त्य, शैक्षिक क्षेत्रमा सुधारका साथै गाउँटोलका सर्वसाधारण जनतालाई ध्यानमा दिएर कार्यक्रम ल्याउने सापकोटाले उल्लेख गरिन् ।

मुसीकोट नगरपालिकाको रुद्रावती क्याम्पसलाई आफ्नो चार रोपनी जग्गा दिएर सहयोग गरेको स्मरण गरेकी कांग्रेस नेतृ सापकोटाले भनिन्, ‘विपक्षी उम्मेदवारभन्दा म धेरै बलियो छु ।’

उता, मुसीकोटनगरपालिकाको उपमेयरमा कृष्णप्रसाद सापकोटाले दाबी गरिरहेका छन् । युवा नेता सापकोटा भन्छन्, ‘अर्लाङकोट गाविसका पूर्वउपाध्यक्ष भइसकेको व्यक्ति हुँ । नगरको विकासका लागि टिमवर्क चाहिन्छ । उपमेयरमा मेरो दाबी छ ।’