
बर्दिबास, १८ वैशाख । महोत्तरी जिल्लाको बर्दीबासमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
सोमबार बिहान साढे १ बजे ना ५ ख १५२१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । गम्भीर घाइते ३ जनाको बि.एण्ड.बि अस्पताल काठमाडौं र २ जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेको छ ।
अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बस दुर्घटनास्थलमा नै रहेको र चालक फरार रहेकाले खोजीकार्य भैरहेको ईलाका प्रहरी कार्यलय बर्दिबासले जानकारी दिएको छ ।












प्रतिक्रिया