२० कार्तिक २०८३, शुक्रबार

काँग्रेस–माओवादीले प्रधानन्याधीशमाथि महाअभियोग लगाएपछि एमालेको कडा प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगलाई अधिनायकवादको अभ्यास भनेको छ । साथै एमालेले यो प्रक्रियालाई सफल हुन नदिने उद्घोष पनि गरेको छ ।

प्रधानन्यायाधीशमाथि अभियोग लगाएर नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ठूलो गल्ती गरेको भन्दै एमाले प्रवक्ता योगेश भट्टराईले लोकतन्त्रकै खिल्ली उडाएको आरोप लगाए ।

एमाले सचिव भट्टराईले व्यवसायीक क्षमता भएकी, कर्तव्यप्रति जिम्मेवार पूर्ण क्षमता भएकी एकजना देशभक्त नारी प्रधानन्यायधिश कार्कीमाथि महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले इतिहासकै ठूलो गल्ती गरेको बताए ।

उनले कुनै पनि हालतमा यो अभियोग संसदबाट पारित नहुने दाबी गरे।