गुल्मी, १६ वैशाख । जिल्लाको इश्मा गाँउपालिका २ हस्तिचौर पालुखामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय खजुरे सामुदायिक बनवाट लागेको आगो स्थानिय बस्तीमा पस्दा राम बहादुर मुखिया, साम बहादुर मुखिया र नर बहादुरको घर जलेर नष्ट भएको स्थानीय यमुना कुँवरले जानकारी दिनुभएको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि स्थानिय, जिल्लाका सुरक्षा निकाय लागि परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
आगलागीबाट एक दर्जन घरहरु जोखीममा रहेका छन् । हावाहुरी लागेको र वरीपरी जँगल भएकाले पनि स्थानिय त्रसित बनेका छन् । स्थानीयहरुलाई नआत्तिन र संयमित हुन प्रहरीले आग्रह गरेको छ ।
क्षतिको बिवरण भने आउन वाँकी रहेको गुल्मीका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिनुभएको छ । आगो कसरी लागेको र कसले लगाएको भन्ने वारेमा अहिले यकिन हुन नसकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।












प्रतिक्रिया