
काठमाडौं, १६ बैशाख । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मकवानपुर, काभ्रेपलान्चोक र पर्साका पृतना, बाहिनी तथा गणहरुको निरीक्षण भ्रमण गरेका छन् ।
सेनापति क्षेत्रीले हेटौडास्थित मध्य पृतना हेडक्वाटर, काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित श्री नं.२६ बाहिनी अड्डा तथा पर्सा जिल्लाको बीरगञ्जस्थित बरख गणको निरीक्षण भ्रमण गरे ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले पृतना, बाहिनी तथा गणको बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका छन् ।
सोही अवसरमा उनले श्री नं.२६ बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हितमा काम गर्न निर्देशन दिए ।












प्रतिक्रिया