
– सीताराम चौधरी
कपिलवस्तु, १६ बैशाख । कपिलवस्तुमा घरको छतमा सुतेकी एक किशोरीको खसेर मृत्यु भएको छ ।
सुतिरहेको अवस्थामा छत बाट खसेर शिवराज नगरपालिका ६, सन्डी बस्ने रामसेवक पासीकी १९ वर्षीय छोरी अनिता पासीको मृत्यु भएको हो । रातिको खाना खाएर घरको छतमा सुत्न गएकी किशोरी मध्यराति छतबाट एक्कासी खसेको पारिवारिक स्रोतले बताएका छन् ।
छतबाट खसेर गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि चन्द्रौटातर्फ ल्याउँदै गर्दा राति नै मृत्यु भएको किशोरीका बुवा रामसेवा पासीले बताए । प्रहरीको मुचुल्कापछि शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।
पारिवारिक स्रोतकाअनुसार किशोरीको आगामी जेठ ७ गते विवाह गर्ने तयारी भइरहेको थियो । किशोरीको मृत्युले अहिले परिवार मात्र नभई सिंगो गाउँ नै शोकाकूल बनेको छ । परिवारका अनुसार किशोरीलाई मृगी हुने गथ्र्यो ।












प्रतिक्रिया