२० कार्तिक २०८३, शुक्रबार

अछाममा एमाले उम्मदेवारको टुंगो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तपेन्द्र कुँवर धनगढी, १६ बैशाख । सरकारले ७ नम्बर प्रदेशको चुनाव जेठ ३१ गते सारेसंगै उम्मेदवार छनोट प्रक्रिया सुस्ताएपनि अछामले पनि उम्मेदवारको टुंगो लगाउने कार्य धमाधम भइरहेको छ ।

जिल्लामा राजनीतिक दलहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा व्यस्त छन् । त्यस्तैक्रममा नेकपा एमालेले अछाममा सबै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको ७ नम्बर प्रदेश सङ्गठन कमिटीको बैठकले अछामका सबै स्थानीय तहमा उम्मेदवारी चयन गरेको हो ।

अछाममा ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाका छन् । त्यसमध्ये साँफेबगर नगरपालिकका मेयरमा शिवबहादुर कुँवर (शिलोज) र उपमेयरमा अमृता खड्कालाई उम्मेदवार बनाएको छ । मंगलसेन नगरपालिकामा मेयरमा पदम बोहरा र उपमेयरमा सरिता उपाध्याय उम्मेदवार भएका छन् ।

त्यस्तै, कमलबजार नगरपालिकाको मेयरमा दीपक अधिकारी र उपमेयरमा मना अधिकारी, बिनायक–पञ्चदेवल नगरपालिकाको मेयरमा नन्द कडायत र उपमेयरमा लक्ष्मी बोगटीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, ६ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पनि चयन गरिका छन् । चौरपाटी गाउँपालिकाको अध्यक्षमा हर्क साउँद र उपाध्यक्षमा सुशिला बोगटी, मेल्लेख गाउँपालिकाको अध्यक्षमा डम्मर नेपाली र उपाध्यक्षमा समिता महर साउद, बान्नीगढी–जयगढ गाउँपालिकाको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा निर्मला रावल उम्मेदवार बनाएको छ ।

त्यस्तै, रामारोशन गाउँपालिकाको अध्यक्षमा चक्र रावल र उपाध्यक्षमा बिन्द्रा साँउद, ढकारी गाउँपालिकाको अध्यक्षमा नवराज साउँद र उपाध्यक्ष हेमा शाह र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा पदम बुढा र उपाध्यक्षमा गौमती शाहीलाई उम्मेदार बनाउने निर्णय भएको एमालले जनाएको छ ।

एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशका प्रमुख तथा उपप्रमुख छानेको छ । यद्यपि अहिलेसम्म आधिकारिक रूपमा सबैको नामावली सार्वजनिक गरिएको छैन ।

७ नम्बर प्रदेशमा ३४ नगरपालिका (एक उपमहानगरपालिकासहित) र ५४ वटा गाउँपालिका रहेका छन् । नयाँ व्यवस्था र संरचनाअनुसार ७ नम्बर प्रदेशमा कम्तीमा एक हजार ४६६ जना महिला सदस्य हुने छन् । त्यसमध्ये ७३३ जना दलित महिला हुनेछन् ।