२० कार्तिक २०८३, शुक्रबार

रुकुममा जीप दुर्घटना हुँदा २ को मृत्यु, एक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १५ वैशाख । रुकुमको आठविसकोट नगरपालिका वडा नं. १४ को पिपलचौर नजिकै आज दिउँसो जिप दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ ।

दुर्घटनामा परी एक जना भेरी नदीमा बेपत्ता भएको र अन्य ११ जना जिपमा सवार यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएकोे छ । छेपारेबाट आठविसकोटका लागि छुटेको ग १ ज २०६ नंं. को उक्त जिप दुर्घनामा परी चौरजहारी ८ का १ वर्षिय सिजन बुढा र सक्ला जाजरकोटका २४ वर्षिय कुम्मबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको हो । बेपत्ता एक को भने खोजी कार्य भईरहेकोे छ ।

दुर्घटनापछि जिप चालक फरार भएका छन् । दुर्घटना भए लगत्तै दुर्घटना स्थलमा प्रहरी चौकी पूर्तिमकाँडा, इलाका प्रहरी कार्यालय आठविसकोट, इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट खटेको प्रहरी र स्थानीय बासीे उद्धार कार्यमा खटेका थिए ।