
मीना बुढाथोकी बैशाख, १५ सल्यान । सल्यानका किसानलाई मकैको विउमा ७५ प्रतिशत अनुदान दिएको छ । यस वर्ष किसानकै मागअनुसार कृषि कार्यालयले मकैमा ७५ प्रतिशत अनुदान दिएको हो ।
किसानलाई पच्चहत्तर प्रतिशत अनुदानमा बिउ बितरण गर्न शुरु गरिएको बरिष्ठ कृषि बिकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए । उनले कृषि कार्यालयसँग हाल २ सय क्वीटल मकैको बिउ रहेको जानकारी दिए ।
कृषि कार्यालयले जिल्लाको भौगोलिक बनावटका आधारमा बिउ बितरण गर्ने गरेको छ । कार्यालयले थारमारे, भल्चौर, मुलखोला लगाएतका स्थान बाट बिउ बितरण गर्न शुरु गरेको छ । किसानहरुलाई बितरण गरिने मकैको बिउ पनि बिभिन्न जातका रहेका छन् । जसमा मनकामना ३, देउती पोसिलो र अरुण २ लगायतका जात रहेका छन् ।
कृषि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा किसानहरुले नै उत्पादन गरेको बिउ खरिद गरेको थियो । कृषि सेवा केन्द्र थारमारे, कृषि सेवा केन्द्र भल्चौर, कृषि सेवा केन्द्र भोटेचौर, कृषि सेवा केन्द्र कपुरकोट र कृषि सेवा केन्द्र रामपुर बाट खरिद गरेको थियो ।
यस्तै सम्पर्क केन्द्र मुलखोला, सम्पर्क केन्द्र काभ्रा, सम्पर्क केन्द्र रागेचौर र सम्पर्क केन्द्र मार्के बाट पनि मकैको बिउ खरिद गरिएको थियो । कार्यालयले बैशाख २० गते सम्म मकैको बिउ अनुदानमा बितरण गर्नेछ ।












प्रतिक्रिया