झलारी, १५ वैशाख ।स्थानिय निर्वाचनको व्यापक चर्चा परिचर्चा चलिरहेको वेला शुक्लाफाटा नगर पालिका कार्यालयको वोर्डमा रातो पेन्टले पोतिएको छ । अज्ञात समुहद्धारा वुधवार राती शुक्लाफाटा नगर पालिकाको कार्यालय झलारी र संयुक्त वार्ड कार्यालय पिपलाडीको मुख्य ‘साईन वोर्डमा रातो पेन्टले केयरमेट’ गरिएको हो ।
स्थानियवासीका अनुसार रातीको समयमा मोटर साईकल चढी आएका अज्ञात समुहले सयुक्त वार्ड कार्यालय पिपलाडीको वोर्डमा पुरै रातो गरेर नाम मेटाएको छ भने झलारीमा नगर पालिका कार्यालयको शुक्लाफाटा नगर पालिका कार्यालय लेखेको ‘मेन वोर्डमा’ रातो ‘पेन्टले केरमेट’ गरिएको कार्यकारी अधिकृत शेर वहादुर वुढाले वताए ।
शुक्लाफाँटा नगर पालिका कार्यालयको नाम लेखिएको मुख्य वोर्डमा किन र के कति कारणले र कसले पेन्टले पोतेको हो भन्ने विषयमा केही खुल्न नसकेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरिक्षक लालमणी जोशीले वताउनु भयो । साथै वहाँले ‘साईन वोर्ड मेटिएको वारेमा आवश्यक अनुसन्धान गरिरहेको समेत वताउनु भएको छ ।
यसरी कार्यालयकै साईन वोर्ड केरमेट हुन थालेपछि कार्यालय सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय झलारी र शैलेश्वरी सशस्त्र प्रहरी वल वनसमिति संग छलफल गरिएको कार्यकारी अधिकृत वुढाले वताउनु भएको छ ।












प्रतिक्रिया