विर्तामोड, १४ वैशाख । आधा रातमा हुकिँग गरि विजुली चोर्ने ३ सय ५६ जनालाई पक्राउ गरि ३१ लाख रुपैया जरिवाना असुल गरिएको छ ।
इलाका प्रहरी कार्यलय विर्तामोडको सहयोगमा नेपाल विद्युत प्राधिकरण विर्तामोड केन्द्रले गत साउन देखि बैशाख १४गते सम्ममा झपाका विभिन्न स्थानबाट रातीको समयमा बिजुली चोरी गर्नेलाई पक्राउ गरि जरिवाना गरेको हो । सोही क्रममा आज विहान २ बजे समेत विर्तामोड २ चैतुवारीमा हुकिँड्ग गरि बिजुली चोरी गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यलय विर्तामोड र नेपाल विद्युत प्राधिकरण विर्तामोड केन्द्रको सम्युक्त गस्ती टोलीले विहीवार विहानको समयमा झापा विर्तामोड २ का १३ जनालाई प्रकाउ गरेको हो । पक्राउ गरिएका उनीहरुलाइ इलाका प्रहरी कार्यलयमा राखि जरिवाना गराएर छाडिएको प्राधिकारणका प्रमुख राजिव सिहले बताउनु भयो ।
उनीहरुलाई जनही ३ हजार रुपैयाको दरले जरिवाना तिराई राजनीतिक दलको रोहवरमा अब आइन्दा चोरी नगर्ने शर्तमा छाडिएको हो ।
नेपाल विद्युत प्राधिकरण विर्तामोड केन्द्रले गत साउन देखि आज बैशाख १४ गते सम्ममा विजुली चोरी गर्ने ३ सय ५६ जनालाई पक्राउ गरि ३१ लाख रुपैया जरिवाना गराइसकिएको छ ।
डाइरेक्ट मिटर जडान गरि विजुली चोर्नेलाइ हदै सम्मको कडा कारवाइ गरिदै आएपछि विर्तामोड क्षेत्रमा चोरीमा निक्कै कमी आएको प्रमुखको दावी छ ।
आधा रातमा आएर प्राधिकरणले आतँक मच्चाएको चोरी अभियोगमा पक्राउ परेका विर्तामोड २ चैतुवारीका स्थानियहरुले आरोप लगाएका छन । आपूmहरुको विजुली चोर्नू गल्ति भएपनि आधा रातमा यस्तो धरपकड नगरिदिएको भएहुन्थ्यो उनीहरुको गुनासो छ ।
विजुली चोरी गर्नु राम्रो काम नभएपनि प्राधिकरणले समयमा मिटर जडान नगरिदिएकोेले समस्या आएको स्थानिय अगुवा तथा राप्रपा नेपालका विर्तामोड अध्यक्ष शकँर रिजालले बताउनुभयो । तर आफूहरु चोरीको कामलाइ सहयोग गर्ने नभइ सिस्टममा जानुपर्नेमा जोड दिएका छन् । पक्राउ परेका उनीहरुलाइ नेकपा एमालेका विर्तामोड नगर सचिव नगेन्द्र संग्रौला, नेपाली कांग्रेस विर्तामोडका नगरस्तरिय नेता धर्म लम्साल, राप्रपा नेपालका विर्तामोड अध्यक्ष शकँर रिजाल लगायतको रोहवरमा छाडिएको हो । चोरी नियन्त्रण गर्न गत वर्ष देखि प्राधिकरणले कडाइलाइ तिव्रता दिएको छ ।













प्रतिक्रिया