२० कार्तिक २०८३, शुक्रबार

सुनसरीमा फेशन परेडको तयारी अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १४ बैशाख । नया बर्ष २०७४ को अवसर पारी आयोजना गर्ने भनिएको इटहरी फेशन परेडको तयारी अन्तिमचरणमा पुगेको छ । इटहरीमै पहिलो पटक आयोजना गर्न लागिएको उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूको पनि उपस्थिती रहने भएको छ । आगामी बैशाख २१ गते हुने भनिएको फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना मोडलहरूलाई तालिम प्रदान गरेलगत्तै त्यसको तयारी अन्तिम चरणमा पुगेको हो ।

इटहरी बेङकुइटमा हुने कार्यक्रममा मुख्य आर्कषकको रूपमा नेपालकी नव नायिका रेश्मा घिमिरे, नायिका तथा मिडिया पर्सनालिटी रिमा बिश्वकर्मा लगायत अन्य ख्यातीप्राप्त मोडलहरूको सहभागी रहने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डौं गरी १५ मोडेलहरूको सहभागी रहने जनाइएको छ ।

सम्मर, लेहेंगा, सारी, गउन, ब्राइडल लगायतका बिभिन्न सिजनका डिजाइनहरू उक्त कार्यक्रममा प्रश्तुत रहने इभेन्ट मेनेजर कृष्ण श्रेष्ठले बताए । इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयोले संयूक्त रूपमा आयोजना गर्ने कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय स्तरको कलाकारहरु संग संगै खानपिनको समेत मज्जा लिन सकिने जनाइएको छ । कार्यक्रमको अन्तिम तयारी संगै टिकट बिक्री सुरू गरिसकेको पनि आयोजकले जनाएको छ ।