२० कार्तिक २०८३, शुक्रबार

आफ्ना उम्मेदवार जिताउन कालिकोट कांग्रेस एक हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट १४ बैशाख । कालिकोट कांग्रेसले स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउनका लागि एक भएर अघि बढ्ने निर्णय गरेको छ ।

गुटले गर्दा चुनावमा आफ्ना उम्मेदवारको बिरुद्धमा गतिविधि गर्ने पुरानै रोग रहेको कांग्रेसमा कालिकोटमा भने यो रोग भित्रन नदिने निर्णय गरेको हो । जिल्लामा रहेका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकामा आफ्ना उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन एकढिक्का भएर अघि बढ्ने सबैले प्रतिवद्धता जाहेर गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजङग शाही , निवर्तमान सभापति काली सहकारी ,पार्टी सभापति हर्ष बम,नेता मोतिराज बम, सहसचिव दमन शाही लगायतका जिल्लाका सक्रिय र केन्द्रमा महत्वपूर्ण भूमिकामा रहेका सबै नेताहरुले एक मत भएर अघि बढ्ने बताएका हुन् ।

कालिकोट जिल्लालाई सुन्दर र संमृद्ध बनाउने जिल्लाका सबै भूभागलाई सडक संचालमा जोड्न पहल गर्ने समेत निर्णय गरेको छ । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा ३१ वर्ष पछि परीक्षण उडान भएको सुनथराली विमानस्थललाई तुरुन्तै नियमित उडानका लागि कालिकोट कांग्रेसले पहल गर्ने भएको छ ।

त्यस्तै विद्युत ,जडिवुटी ,पर्यटन क्षेत्र , स्वास्थ, शिक्षा ,सँस्कृतीको संरक्षणमा समेत कांग्रेसले नेतृत्व लिने जनाएको छ । कर्णालीको मुलद्वार कालिकोट भएकोले समग्र कर्णाली क्षेत्रको विकासको नेतृत्व र अगुवाइ कांग्रेसले गर्नुपर्ने तरुण महासचिव भुपेन्द्रजंग शाहीले बताए ।

कालिकोटमा स्वच्छ खानेपानीको व्यवस्थापना, पर्यटन क्षेत्रको विकास र सडक संजालको विस्तार गर्न आफूहरुले विशेष भुमिका खेल्न जिल्लाव्यापी अभियान संचालन गर्नुपर्ने कालिकोट कांग्रेस सहसचिव दमन शाहीको भनाइ छ ।

कांग्रेसबाट रास्कोट नगरपालिका र पलाता गाउँपालिकाको उम्मेदवार सर्वसम्मत रुपमा चयन भएका छन् भने अन्य सात वटा स्थानीय तहमा उम्मेदवार छनौटको अन्तिम तयारी भइरहेको सहसचिव शाहीले जानकारी दिए ।