काठमाडौं, २० असोज । एसियाडमा भाग लिन दक्षिण कोरिया पुगेका एथ्लेटिक्सका खेलाडी तिलकराम थारू पनि लुकेका छन् ।
दक्षिण कोरियाको इन्चोनमा आयोजित १७ औं एशियाडमा सहभागी हुन दक्षिण कोरिया पुगेका थारु उतै लुकेका हुन्। उनी ४ सय मिटरको दौडमा सहभागी हुन कोरिया पुगेका थिए ।
एथलेटिक्समै सहभागी हुन कोरिया पुगेकी चन्द्रकला थापालाई सन्देश पठाउँदै उनले नेपाल नफर्कने बताएका हुन् । थारुसँगै कोरियामा लुक्ने नेपाली खेलाडीको संख्या ४ जना पुगेको छ। यसअघि उसु खेलका अमन पोडे, सोमवीर तामाङ र निराजन आलेमगर दक्षिण कोरियामै लुकेका थिए। खेलाडीको यो हर्कतले देशको शिर गिराउने कार्य गरेको छ ।














प्रतिक्रिया