काठमाडौं, १३ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट ५ जनाको नाम सिफारिस भएको छ । तर, यसअघिदेखि नै मेयरमा दावेदारी प्रस्तुत गरेका पूर्व मेयर केशव स्थापितको नाम भने ५ जनाको सूचीमा छैन ।
मेयरका लागि सिफारिस भएका ५ जनामा प्रदेश कमिटीमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजाल छन् । यद्यपी, एमालेले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अधिकार स्थायी कमिटीमा नै राखेकोले सिफासिर भएका ५ जना बाहेकका मानिसलाई पनि मेयरको उम्मदवार बनाउन सकिने छ ।
तर, यता प्रदेश कमिटीले भने पार्टीमा सक्रिय रहेका नेतालाई नै काठमाडौको मेयरको उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । पार्टीमा बरिष्ठताका हिसावले जीवनराम बरिष्ठ हुन् । उनी केन्द्रीय कमिटी सदस्य समेत हुन् ।
महानगरपालिकाको उपमेयरमा सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने र श्याम भण्डारी सिफारिस भएका छन् । धिकारी र गुरुङ पूर्व सभासद हुन् भने सुजिता शंकर पोखरेलकी पत्नी हुन् ।
उपमेयरमा इन्दिरा पन्त, रञ्जना मास्के र विमला खनालको नाम पनि छलफलमा रहेको नेताहरुले बताएका छन् ।
जम्म ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा ३० वडा अध्यक्षको नाम प्रदेशमा सिफारिस भएको छ । जसमा १६ ओटा वडामा सर्वसम्मत भएको छ ।












प्रतिक्रिया