२० कार्तिक २०८३, शुक्रबार

नेपाल–चीन संयुक्त सैन्य तालिम सकियो, सम्बन्ध थप बलियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ बैशाख । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीचको बिशेष सैन्य तालिम आज सम्पन्न भएको छ । संयुक्त फौजहरुबीच बैशाख ३ गतेदेखि सुरु भएको ‘सगरमाथा फ्रेण्डसिप–२०१७’ लाई बलाधिकृत बलदेवराज महतले एक कार्यक्रमकाबीच समापन गरे ।
संयुक्त सैन्य तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वलाधिकृत रथी महतले तालिमले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच दुवै देशका विशेष फौजको प्रतिआतंकवाद कारवाही सम्बन्धी अनुभवहरु आदान–प्रदान हुने अवसर मिलेको बताए ।

उनले भविष्यमा आईपर्ने चुनौतीहरुको सामना गर्न थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । तालिमकै अवसरमा संयुक्त सैन्य तालिमको निरीक्षकको रुपमा आएकी चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल जाङ्ग जिंगाङ्गले दुई देशबीचको संयुक्त सैन्य तालिमले दुई पक्षीय सैनिक सम्बन्ध अरु सुमधुर पार्न सहयोग पुग्ने बताइन् ।

तालिमको सम्पन्न हुनुअघि संयुक्त सैन्य तालिममा सहभागी दुवै देशका फौजले संयुक्त प्रदर्शन गरेको होस्टेज रेस्क्युमा आधारित प्रतिआतंकवाद सम्बन्धी कारवाहीहरुको प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री तथा नेपालका लागि चिनियाँ राजदुत यु होङ्गले अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, नेपालका लागि चिनियाँ सैनिक सहचारी तथा दुवै देशबाट तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।