२८ आश्विन २०८३, बुधबार

थाइल्याण्डमा केपी ओलीकी श्रीमती लुटिइन्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-wife

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका नेता केपी ओलीकी श्रीमती राधिका शाक्य बैंककमा लुटिएकी छिन् ।

थाइ नेपाल न्यूजका अनुसार, बैंककको फेचपुरी गल्ली नम्बर ३५ घुम्ने क्रममा ओलीकी श्रीमती राधिका शाक्यको साथबाट नगद ५ हजार अमेरिकी डलर, एउटा सुनको टप, एक थान मोबाइल सेट र व्याग गरी छ लाख बराबरको धनमाल लुटिएको हो । ओलीसंगै नेपालबाट आएका एक डाक्टरको पनि सुनको सिक्री लुटिएको स्थानीय प्रहरीले जनाएको छ ।

मातृभूमिका लागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खड्काका अनुसार घटना चार दिन अगाडिको हो। ‘हामी केही नेपालीहरुले लुटेरा समात्नका लागि प्रहरीमा उजुरी गरेका हौं, तर आजसम्म पक्राउ गरेको छैन,’ अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार राधिकाको आफन्त सुरज शाक्यको घरमा खाना खाएर फेरी अस्पताल जाने क्रममा दुई वटा मोटरसाइकलमा आएका तीन जना लुटेराहरुले लुटपाट गरेका हुन् । ‘लुटेराहरुको भिडियो सिसी क्यामेरामा कैद भएको छ’ प्रहरीको भनाई उदृत गर्दै अध्यक्ष खड्काले भन्नुभयो ‘लुटेराको पहिचान र खोजी कार्य प्रहरीले तीव्र पारेका छन् ।’

(फाइल फोटो)