२० कार्तिक २०८३, शुक्रबार

चुनावमा बालबालिका प्रयोग नगर्ने सल्यानका दलहरुको लिखित प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ११ वैशाख । सल्यानका प्रमुख राजनैतिक दलले स्थानीइ निकायको निर्वाचन अवधिभर ,निर्वाचन अघि र निर्वाचन पछि हुने कार्यक्रममा कुनै पनि बालबालिकालाई राजनितिक रुपमा प्रयोग नगर्ने लिखित प्रतिबद्दता जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा राजनीतिक दलहरुसंग अन्तरक्रिया कार्यक्रममा संलग्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले लिखित र मौखिक रुपमा यस्तो प्रतिबद्दता जनाएका हुन ।

दलहरुले निर्बाचनका समयमा बालबालिकालाई राजनितिक दल वा उम्मेदवारले जुलुस, र्याली, प्रचारप्रसार गर्ने, पर्चा, पोष्टर टाँस्ने लगाएतका कार्यमा संलग्न गराउन नपाईने, यस्तैे निर्वाचन अवधि भर बालबालिकालाई मतदाताको रुपमा प्रयोग गर्ने काममा बालबालिका लाई प्रयोग न गर्ने बताएका छन् ।

यस्तै निर्बाचन चिह्न, दल, राजनितिक समुह आदीको संकेत अंकित टिसर्ट, टोपी, स्टीकर टाँस गरी परिचालन गर्न नपाईने, निर्बाचन पछि बिजय, जुलुस, र्याली आदीमा बालबालिकालाई संलग्न गराउन नपाईने लगायतका विषयमा लिखित रुपमा प्रतिबद्दता जनाएका छन ।

जिल्लामा कृयाशील राजैतिक दलहरुले लिखित रुपमा प्रतिबद्दता जनाउदै आफुले कुनै पनि बालबालिका लाइ स्थानीय निकायको निर्वाचनमा प्रयोग नगराउने जनाएका छन् ।

तर पार्टीले आयोजना गरेको कार्यक्रम स्थलमा अथवा र्याली र वा अन्य कुनै कार्यक्रममा आफूखुशी सहभागी भएका बालबालिकाहरुको जिम्मेवारी आफूले कसरी लिने भन्ने प्रश्न उठेको बताएका छन् ।

महिला तथा बालबालिका कार्यलय सल्यानको आयोजनमा सोमवार भएको अनौपचारिक कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज, पत्रकार, स्थानीय संचारकर्मीको सहभागितामा रहेको थियो ।