२० कार्तिक २०८३, शुक्रबार

दिल्लीमा बसेर नेपाली युवतीलाई विदेश पुर्याउने पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ बैशाख । मानव बेचविखनमा संलग्न एक जनालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ । टोलीले सिन्धुपाल्चोक गुम्बा–६ घर भई हाल काठमाडौं–८ अत्तरखेल बस्ने २७ वर्षीय बिष्णु तामाङलाई गोकर्णेश्वर–२ राईटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङमाथि काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई मानब बेचबिखन तथा ओसार पसार एवं संगठित अपराध मुद्दामा अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान व्यरो प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

तामाङ नेपालका बिभिन्न सीमा नाकाबाट युवतीहरुलाई भारतको नयाँ दिल्लीहुँदै पुर्याई दुवई, कुवेत तथा इराकको कुर्दिस्तान लगायतका देशमा पठाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यसअघि गतवर्ष २७ जना नेपाली युवतीहरुलाई भारतको बाटो हुँदै विभिन्न देशहरुमा पठाउन खोज्ने कार्यमा तामाङको पनि संलग्नता रहेको आरोपमा उनी प्रहरी फन्दामा परेका हुन् । सोही कार्यमा संलग्न चार जना सोही बेला नै पक्राउ परेका थिए ।