२० कार्तिक २०८३, शुक्रबार

संजयलाई युथ पार्लियामेन्ट नेपालको युवा उत्प्रेरणा अवार्डबाट सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपालमा नै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको युथ पार्लियामेन्ट सम्मेलनमा सगरमाथा, मनास्लुसहित बिश्वका ११ हिमालहरुको सफल कीर्तिमानी आरोहण गर्न सफल संजय पण्डितलाई सोमबार राष्ट्रिय सभा गृहमा भएको कार्यकममा युवा उत्प्रेरणा अवार्ड २०१७ बाट सम्मान गरिएको ।

प्रमुख अथिति नेपालका पूर्व राष्ट्रपति डा.रामबरण यादब, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याल, यूरोपेली महासंघका राजदूत, पाकिस्तानी राजदूत, माल्दिभ्सका राजदूत, बंगलादेश र श्रीलंकन राजदूतले संयुक्त रुपमा ताम्रपत्र एबम् फुल मालासहित पण्डितलाई सम्मान गर्नु भएको थियो ।

हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउदै लाखौ युबाहरुको लागि सफलताको लागि प्रेरणा श्रोत बन्न अहम भूमिका खेलेको हुनाले उनलाई उक्त अवार्ड द्वारा सम्मान गरिएको हो ।

पण्डितले अस्ट्रेलिया र अफ्रिकाको सर्बोच्च शिखर उल्टो पैदल हिडेर सफलता पुर्बक आरोहण गर्दै नेपालको पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने कृतिमान कायम गरिसकेका छन ।