– सुदीप अधिकारी
बर्दिया, ११ बैशाख । बसले टाँगामा ठक्कर दिँदा बर्दियामा सोमबार दिउँसो एक टाँगा चालकको मृत्यु भएको छ । भने टाँगामा सवार ६ जना यात्रु घाइते भएका छन् ।
गुलरिया नेपालगंज सडकखण्डमा पर्ने बढैया गाउँपालिकाको पचासा भन्ने स्थानमा नेपालगंजबाट गुलरियातर्फ आइरहेको भे १ ख ९५७५ नम्बरको बसले यात्रु बोकेको टाँगालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाँगा चालक भारत बहराइच ग्रामपोष्ट उठरा बजारका ३५ वर्षीय भोला कवडियाको घटनास्थलमै जयान गएको जिल्ला प्रहरी कार्यालय गुलरियाले जनाएको छ । टाँगा चालकसँगै घोडाको पनि ज्यान गएको प्रहरीले जनायो ।
टाँगामा सवार ६ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राजापुर नगरपालिका की मानकुमारी सुनार,मासा नेपाली, नन्दकला जैशी, जमुनीकी छन्तकला बोहरा, मैनापोखरकी बुद्धकली थापा र ताराताल बस्ने गौरा सुनार घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगंज पठाइएको बताइएको छ ।












प्रतिक्रिया