बाजुरा, १० वैशाख । मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकायाको मृत्यु भएको भएको स्थानीयले बताएका छन् ।
जिप दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेहरुको मार्तडीमा उपचार भइरहेको छ । मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस












प्रतिक्रिया