२० कार्तिक २०८३, शुक्रबार

चक्रपथ सफाइ अभियान प्रभावकारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चक्रपथ सफाइ अभियानको हप्ता १६ टनभन्दा बढी फोहर संकलन गरिएको छ । चक्रपथमा बढदै गएको फोहरलाई ध्यानमा राखेर सफाइ अभियानलाई दुई हप्तादेखि निरन्तरता दिइएको छ ।

ग्रिनसिटी अस्पतालको सयोजन तथा स्थानीयनागरिक अभियानताहरू, लायन्स क्लब, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिका, यति हेल्थ साइन्स एकेडेमी, होटल ब्यबसायी, आमा समूहलगायतको प्रभावकारी सहभागिता रहनेछ ।

चक्रपथ सफाइ अभियानमा सहभागी अभियानताहरूले प्रत्येक घरघरबाट सफाइ अभियानको थालनी गर्ने समय आएको र परिबर्तनको प्रारम्भ प्रत्येकले आफैबाट गर्नुपर्ने बताएका छन् ।

पहिलो चरणमा नयाँबसपार्कदेखि नारायणगोपाल चोकसम्म सफाइ गर्ने उदेश्य अनुरुप दोस्रो हप्ता शनिबार फोहर संकलनको कार्य बसुन्धरा नजिक पुगेको छ ।

पहिलो हप्ताको दुई घण्टाको सफाइ अभियानले स्थानीयनागरिकलाई घरघरबाटै सफाइ अभियानथाल्न प्रेरित गर्ने र सो अनुसार सबै समक्ष सन्देश पुगाउने लक्ष्य राखेको ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं सफाइ अभियनकर्ता लोकबहादुर टण्डनले बताए ।

अभियानताहरुले सडकको छेउमा छड सिमेण्ट, काठ मुडा , बालुवा, गिटी, टहरा लगायतका समाननराख्न र अरुलाई पनि नराख्नआग्रहगर्न अनुरोध समेत गरेका छन् ।

सफाई अभियानमा सहभागी बरिष्ठ पत्रकार टंक पन्त, कलाकार तिलक बस्नेत, एसपी शम्भु उप्रतीले फोहर सार्बजनिक ठाउँमा नफाल्न र परिबर्तनको शुरुवात आफैबाट गरेर देखाउन आह्वान गरे ।