२८ आश्विन २०८३, बुधबार

जम्बो टोली, मिनी सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asia_20140923114404

काठमाडौं, २० असोज । १७ औ एसियाडमा नेपालको सहभागिता ‘जम्बो टोली मिनी सफलता’ हुन पुगेको छ ।

इन्चोनमा अहिलसम्मकै ठूलो २ सय ५ खेलाडी उतारेको नेपालले सर्वाधिक २५ खेलमा सहभागिता जनायो । लगानीको दृष्टिले हेर्ने हो भने पनि यो एसियाड अहिलेसम्मकै महंगो हो ।

लगभग ६ करोड रुपियाँ खर्च गरेको नेपालले मात्र एउटा काश्य पदक हासिल गर्न सक्यो । सन् १९५१ देखि एसियाडमा सहभागिता जनाउन थालेपनि नेपालले पदकको खाता भने सन् १९८६ सोल एसियाडमा पदक जित्न सुरु गरेको थियो ।

त्ससपछि नेपालले लगातार पदक जित्ने क्रम जारी छ । यो पटक पनि टोली रित्तो हात घर फिरेन भनेर खुशी मनाउनु पर्ने भएको छ । नेपालका लागि इन्चोन एसियाड सहज रहेन । आजको कान्तिपुर दैनिकमा खबर छ ।