बाजुरा, ९ वैशाख । युवा संघ बाजुराले आसन्न स्थानिय चुनाबलाइ लक्षित गरेर जिल्ला भर युथ फोर्स परिचालन गर्ने जनाएको छ ।
चार नगरपालिका र पाँचवटा गाउपालिकामा आफ्नो पाटी नेकपा एमालेलाइ बिजय गराउने उद्धेश्यले चुनाबी प्रचार प्रसार गर्नाका लागी युवा फोर्स परिचलन गर्ने निर्णय गरेको युवा संघ बाजुराका अध्यक्ष शंकर मल्लले जानकारी दिएका छन ।
जिल्लाभर आफ्नो जित सुनिश्चित भएको भएता पनी आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ नेपाली काँग्रेसले गलत आश्वासन दिदै हिडीरहेकाले त्यसका बिरुद्ध कडा रुपमा प्रतिबाद गर्ने युवा संघ सचिब सन्तोष बिकले बताए ।
बडिमालिका नगरपालिकामा सन्तोष बिक संयोजक ,जया अयडी बुढिगंगा नगरपालिकामा कृष्ण थापा, भुवन सेराला त्रिबेणी नगरपालिकामा तुला बहादुर साउद,हंश बुढा बुढीनन्दा नगरपालिका शंकर चदारा, गौरी शंकर बोहोरा छेडेदह गाउपालिकामा शेर बहादुर ओली, भीम गुयाल गौमुल गाउपालिकामा ज्ञानबहादुर थापा,जीवन रोकाया, स्वामिकार्तिक गाउपालिकामा बिमल शाही धनकृष्ण बिक, पाण्डव गुफा गाउपालिकामा जीवन शाही र बिनोद शाहीको नेतृत्वको प्रचार प्रसार कमीटी गठन गरेको युवा संघ सचिवालय सदस्य शेर ओलीले बताए ।
आगामी बैशाख ३१ गते हुने स्थानिय चुनामा बिपक्षीहरुले दुब्र्यबहार गरे युथ फोर्स टुलु टुलु हेरेर नबस्ने समेत युवा संघ बाजुराले जनाएको छ ।













प्रतिक्रिया