सल्यान, ९ वैशाख । सल्यानका दलहरुले आसन्न स्थानिय तहको चुनावको प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्धता जनाएका छन् । नागरिक संवाद केन्द्र तुलसिपुरले शनिबार सल्यानको खलंगामा गरेको नागरिक संवाद कार्यक्रममा दलका प्रतिनिधिहरुको यस्तो प्रतिवद्धता जनाएका हुन । ग्रामिण क्षेत्रमा दलहरुबाट आचारसंहिता उल्लंघनका घटनाहरु हुन सक्ने भन्दै नागरिकहरुले सचेत गराएपछि दलका प्रतिनिधिहरुबाट यस्तो प्रतिवद्धता आएको हो ।
कार्यक्रममा सहभागि नेपाली काँग्रेस सल्यानका उपसभापति निम बहादुर वली, नेकपा एमालेका सचिव रमेश कुमार गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, राप्रपाका कर्ण बहादुर सुनार, नेकपा मालेका सचिव वल बहादुर गिरी, राष्ट्रिय जनमोर्चाका क्षेत्र बहादुर विक लगायतले यस्तो प्रतिवद्धता जनाएका हुन । दलहरुले आफुहरुबाट आचारसंहिता उल्लंघनका कामहरु भएको कतै पाइएमा उजुरी गर्न समेत आग्रह गरेका छन् ।
एमाले सचिव रमेश गौतमले आचारसंहिता उल्लंघनका काम भएको पाइएमा सम्वन्धित निकायमा उजुर िगर्न आग्रह गरे । “मलाई लाग्छ हामीहरुले अहिले सम्म आचारसंहिता उल्लंघन गरेका छैनौँ”, सचिव गौतमले भने“यहि कतै आचारसंहिता उल्लंघन भएको देखेमा उजुरी र्गनुहोला ।” दलहरुलाई कार्यक्रमका सहभागिहरुले तटकभटकपुर्ण तरिकाले प्रचारप्रसार नगर्न अनुरोध गरेका थिए ।
यस्तै नेपाली काँग्रेसका उपसभापति निम बहादुर वलीले दलका नेताहरुले राज्यकोषको दुरुपयोग गरेर राज्यकोषलाई चुनावी हतियार बनाउन नहुने बताए । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले द्धन्द्धकालिन घटनाहरुलाई राजनितिक तहबाटै समाधान गरिनुपर्ने बताए ।
कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधिश सुदर्शन भट्टले नेपालको संविधानका मुलभूत व्यवस्थाहरु र स्थानिय तहको चुनावमा आचारसंहिताको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए । यस्तै अधिवक्ता विष्णु पोखरेलले नेपालको संविधानका विशेष्ताहरु, नागरिकता, मौलिक हक र कर्तव्य, स्थानिय तहको संरचना र वाँडफाँड, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका आदिबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न दलका प्रतिनिधि, पत्रकार, अधिवक्ता, मानवअधिकारकर्मि, नागरिक समाज सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया