२० कार्तिक २०८३, शुक्रबार

सत्तापक्ष र मधेसी मोर्चाबीच वार्ता जारी, सहमति हुने सम्भावना बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । सहमतिको प्रयास स्वरुप सत्तापक्ष र मधेसी मोर्चाबीच वार्ता चलिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी वार्तामा मधेसी मोर्चाका मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको हो ।

मधेसी मोर्चाले चुनावमा सहभागी हुन लचकता देखाएपछि संविधान संशोधन गर्न सत्तारुढ दलहरूले तदारुकता देखाएका हुन् ।

कार्यदलले तयार पारेका सहमतिको मस्यौदामा शीर्ष नेतृत्वमा सहमति भएमा आजै हस्ताक्षर गरेर जाने जनाइएको छ ।