काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले मधेसी मार्चासितको छलफल निर्णायक हुने बताएका छन् ।
काठमाडौंको सिनामंगलमा शनिबार बिहान भएको आयोजित कार्यक्रममा नेता सिंहले मोर्चासँग भएको छलफल सकारात्मक दिशातिर गएको दाबी गरे ।
‘मधेसी मोर्चासँगको वार्तामा सहमति भएन भने पनि मुलुक निर्वाचनमा जान्छ’, उनले भने, ‘तर, मोर्चा लचकताका साथ आएको छ । सहमति हुन्छ । सबै दलहरू मिलेर स्थानीय तहको निर्वाचनमा सहभागी हुन्छन् ।’
कांग्रेस नेता सिंहले मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गर्न कुनै कञ्जुस्याँ गर्न नहुने बताए । ‘सकारात्मक परिस्थिति निर्माण गरेर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ’, उनले भने ।
संविधान कार्यन्वयन र तीन तहको निर्वाचन मुलुका लागि अनिर्वाय भइसकेको बताएका सिंहले चुनौतीका रुपमा रहेको निर्वाचनलाई सबै राजनीतिक शक्तिहरूको सामुहिक एकताले मात्रै सम्भव रहेको उल्लेख गरे ।












प्रतिक्रिया