२० कार्तिक २०८३, शुक्रबार

मोर्चाका कार्यकर्ताद्धारा कार्यकारी अधिकृतको गाडीमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीको पाल्ही नन्दन गाउँपालिकाको कार्यालयका कार्यकारी अधिकृतको गाडि तोडफोड गरेका छन् ।

कार्यालयबाट फर्किने क्रममा पाल्हीनन्दन गाउँपालिकाको केन्द्र, कुश्मा चोकमा मोर्चाका कार्यकर्ताले कार्यकारी अधिकृत शशि पौडेल चढेको बा १५ च ४६५१ नम्बरको गाडि तोडफोड गरेका हुन् । उनी महिला हुन् ।

तोडफोडबाट गाडिका सिसाहरु फुटेका छन् । मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश सापकोटाले बताउनुभयो । मोर्चाले पाल्हीनन्दन गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेकोमा प्रहरी प्रशासनले ताला फोडेर काम सुचारु गरेको थियो ।

सोहि क्रममा आज नवलपरासीका जिल्ला न्यायधिश एवँ मुख्य निर्वाचन अधिकृत कैलाश केसी, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना सहितको टोली पाल्ही नन्दन गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका लागि बुझ्न गएको थियो ।

मुख्य निर्वाचन अधिकृत र प्रजिअ सहितको टोली फर्किएको केहि समयपछि कार्यकारी अधिकृत फर्कने क्रममा उहाँको गाडिमा तोडफोड भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताउनुभयो ।