२० कार्तिक २०८३, शुक्रबार

वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, ८ वैशाख । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको बालकल्याण मावि राडिज्यूलाका शिक्षक तारक शाहीले शिक्षण पेशाबाट राजिनामा दिएर वडा नं– ९ को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेरवारी दिनुभएको हो ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले सो पदकालागि छनौट गरेको पार्टीका नगरपालिका संयोजक धीरेन्द्रकुमार बटालाले बताउनुभयो । रासस