२० कार्तिक २०८३, शुक्रबार

बर्दियामा एमालेबाट सिफारिस भए मेयर र उपमेयरका उम्मेदवार, को को छन् ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, ८ बैशाख । लामो छलफल र रस्साकस्सीबिच नेकपा एमाले बर्दियाले ६ नगरपालिकामा मेयर–उपमेयर र २ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षका उम्मेदवारको सिफारिस प्रदेश कमिटीमा पठाएको छ ।

गुलरिया नगरपालिकामा मेयर पदका लागि हरि ज्ञवाली, विना ज्ञवाली र अमरबहादुर खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । भने उपमेयरमा टीकाकुमारी सम्सेली मगर, लक्ष्मी गौतम र लोकबहादर वलीको नाम सिफारिस भएको छ ।

बासगढी नगरपालिकमा मेयरका लागि शालिकराम अधिकारी, खडकबहादुर खड्का र शिवकुमारी सापकोटा सिफारिस भएका छन् । यसैगरी उपमेयरमा देवीमाया बस्याल, चन्द्रवती न्यौपाने र शुष्मा चौधरीको नाम सिफरिस गरिएको जिल्ला कमिटी बर्दियाले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकामा खगेन्द्र खनाल, घननाराण श्रेष्ठ र खुशीराम थारुको नाम मयेरका लागि प्रदेशमा सिफारिस गरिएको छ । भने उपमेयरमा विना भट्राई, मनिसा चौधरी र मीनाकुमारी चौधरी सिफरिस भएका छन् ।

मधुवन नगरपालिकामा मेयरका लागि दुर्गाबहादुर वली, टंकप्रसाद पौडेल र मुकुन्द ज्ञवालीको नाम सिफारिस गरिएको छ । उपमेयरमा मनु भण्डारी, शान्तिदेबी श्रेष्ठ र हीरा चौधरी सिफारिसमा परेका छन् ।

यसैगरी बाराबर्दिया नगरपालिकामा मेयर पदका लागि पदम ढकाल, अतिराम थारु र रणबहादुर चौधरीको नाम सिफरिस गरिएको छ । भने उपमेयरमा कमला ज्ञवाली, पुष्पा वली र नारायणी चौधरीलाई सिफारिस गरिएको छ ।

राजापुर नगरपालिकामा पहाडी थारु, बैद्यनाथ झा र सिर्जना थापाको नाम मेयरका सिफरिस गरिएको बताइएको छ । यसैगरी उप मेयरमा कृष्णी थारु, गीता भट्ट र सीता अर्याल सिफारिस भएका छन् ।

बढैया गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, दिलबहादुर केसी र कौशिला सिंहको नाम प्रदेश कमिटीमा पठाइएको छ । भने उपाध्यक्षमा कृष्णा गुरुङ्ग, सावित्री भुषाल र दीपा गौतमलाई सिफारिस गरिएको छ ।

यसैगरी गेरुवा गाउँपालिकाको अध्यक्षमा नुतन चौधरी, बमबहादुर खनाल र सितामैँया शाही र उपाध्यक्षमा मञ्जु शर्मा, सीताजानकी चौधरी र शान्ति रिमालको नाम सिफरिस गरिएको जिल्ला कमिटी बर्दियाले जनाएको छ ।

यसैगरी नगरपालिका र गाउँपालिकाका सबै वडा अध्यक्ष र सदस्यहरुको पनि टुंगो लागिसकेको नेकपा एमालेले जनाएको छ । बैशाख ९ गते बस्ने प्रदेश नं ५ को प्रदेश कमिटी बैठकले मेयर र उपमेयरको उम्मेदवारको अन्तिम टुंगो लगाउने बताइएको छ ।