२० कार्तिक २०८३, शुक्रबार

मधेसी दलहरूले ‘मधेस’ शब्द छाडेकोमा आपत्ति

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । मधेस केन्द्रित राजनीतिक दलहरूको एकीकरणसँगै नामबाट मधेस शब्दावली हटाएकोप्रति मधेसी युवा थिङ्कट्याङका संयोजक डा.विनय पञ्जियारले आपत्ति जनाएका छन् ।

‘मधेस केन्द्रित भएर राजनीति थालेका र सयौँ जनतालाई सहिद बनाइ ठूला–ठूलो सपना बाडेकाहरू पनि आजबाट राष्ट्रवादी हुँदैछन्’, डा.पञ्जियारले भनेका छन्, ‘मधेसी जनतालाई त्यागेर राष्ट्रिय सोचाइँ बनाएकोमा राष्ट्रिय जनता पार्टीलाई बधाइ ।’

मधेस केन्द्रित दलहरूले एकीकरण पश्चात दलको नामबाट मधेश शब्द हटाइनुले नयाँ सन्देश दिनुको साथसाथै नयाँ दलको नियतपनि प्रस्ट पारेको उनले आरोप लगाए ।

डा.पञ्जिायरले भनेका छन्, ‘भ्रममा नपर्नुस् अझ अब कांग्रेस, एमाले र राष्ट्रिय जनता पार्टीमा खासै भिन्नता छैन ।’