– सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), ७ बैशाख । स्थानीय निकायको चुनाव बहिस्कार गर्नुपर्ने भन्दै संयुक्त मधेशी मोर्चाले कपिलवस्तुको चन्द्रौटामा लाठी जुलुस निकालेका छन् ।
हातमा लाठी लिएर साँझ ३ बजे निकालिएको जुलुस चन्द्रौटा बजार परिक्रमा गरी चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संघीय समाजबादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाह, सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्र, तमलोपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ईश्वर दयाल मिश्र लगायतले सम्बोधन गरेका थिए । नेताहरुले सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका थिए ।
लाठी जुलुसमा संयुक्त मधेशी मोर्चाका केन्द्रिय तहदेखि जिल्ला तहका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।















प्रतिक्रिया