२० कार्तिक २०८३, शुक्रबार

सल्यानमा एमालेले उम्मेदवारको टुङ्गो लगायो, को को छन् ?

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ७ वैशाख । नेकपा एमाले सल्यानले बैशाख ३१ को निर्बाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । बिगत ४ दिनदेखि बसेको नेकपा एमाले जिल्ला कमिटि बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । बैठकले शारदा नगरपालीकामा राम खड्गीलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा सरीता हमालाई अगाडी सारेको छ ।

यस्तै बागचौर नगरपालीकामा लोकबहादुर डाँगीले मेयरको उम्मेदवारको जिम्मेवारी पाउनु भएको छ भने उपमेयरमा ओका देवी केसीलाई अगाडी सारेको छ । बनगाड कुपिण्डे नगरपालिकामा गोबिन्द केसीलाई मेयर र उपमेयरमा चम्फा पुरीलाई उम्मेदवारका लागि अगाडी सारेको छ ।

यस्तै कपुरकोट गाउँपालीकामा अध्यक्ष पदका उम्मेदवार भिमबहादुर सेन र उपाध्यक्षमा तिला बुढा रहनु भएको छ । त्रिबेणी गाउँपालीकामा उम्मेदवारका आकाँक्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन प्रदेशमा सिफारीस गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिव तथा प्रचार विभाग प्रमुख रमेश गौतमले जानकारी दिनु भयो ।

छत्रेश्वरी गाउँपालीकामा अध्यक्ष पदका उम्मेदवार हरी केसी र उपाध्यक्षका लागि स्थानिय स्तरबाट छलफल गरी टुङ्गो लगाइने गौतमले बताउनु भयो । उहाले भन्नु भयो दार्मा गाउँपालीकामा नेपाली काँग्रेस र एमालेको समिकरणमा उपाध्यक्ष पदका लागि दलबहादुर केसीलाई चुनाबी मैदानमा उतारेको छ ।

कुमाखपालीका गाउँपालीकामा अध्यक्ष पदका लागि भैरब बहादुर शाह र उपाध्यक्ष पदका लागि शान्ति चन्द,कालिमाटि गाउँपालीकामा टेकमान ओली र उपाध्यक्षमा सहनशीलता ओली र ढोरचौर गाउँपालीकामा मानबहादुर चलाउने र पुष्पा बोहरा चुनाबी प्रतिस्पर्धीको रुपमा एमालेले मैदानमा उतारेको छ । त्यस्ते बैठकले सर्बसहमति बाट आएकाहरुको टुङ्गो लगीसकेको र केहिवडाहरुमा छलपलबाट टुङ्गो लगाउने पार्टी सचिब गौतमले बताउनु भयो ।