हेटौँडा, ७ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका उपाध्यक्ष राजाराम बोगटीले हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
चुरेभावर पार्टीको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार युवा नेता बोगटीलाई हेटौँडा उपमहानगरपालिकामा मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘पार्टीको निर्णयअनुसार हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जितहार भनेको पछिको कुरा हो । पार्टी नेतृत्वले मलाई विश्वास गरेर टिकट दिएकाले मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’ उनले हेटौँडाका जनताले आफूलाई मतदान गरेर सहयोग गर्ने दाबी गरे ।
मेयर पदमा विजय भएमा हेटौँडा उपनगरपालिकाको विकासमा आमूल परिवर्तन गर्ने बताएका बोगटीले भने, ‘उपमहानगरबासीलाई विकासका कुनै पनि आधारभूत सेवाबाट बञ्चित गरिने छैन । सबै सेवा सहज रुपमा उपलब्ध गराइनेछ ।’
संविधानसभाको दोस्रो निर्वाचनमा पनि बोगटीले चुरेभावर पार्टीबाट उम्मेदवारी दिएका थिए । निर्वाचनका बेला सम्मानजनक मत पाएको उनले बताए ।












प्रतिक्रिया