काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसमा लामो राजनीति गर्दै आएका युवा नेता ऋषि पुरीले यसपटक पार्टीले उठाउने उम्मेदवारहरूलाई विजयी गराउन आफ्नो तर्फबाट जस्तो सुकै भूमिका खेल्ने बताएका छन् । प्यूठान जिल्ला निवास पुरी नेपाल तरुण दलको विदेश विभागको पूर्व सहसंयोजक भइसकेका युवा नेता हुन् ।
केन्द्रमा हुने कांग्रेसका हरेक कार्यक्रममा भाग लिँदै आएका युवा नेता पुरी भन्छन्, ‘बामपन्थीहरूलाई तह लगाउने भनेको कांग्रेस मात्रै हो । कांग्रेसका जुझारु युवाले बामपन्थीहरूलाई साइजमा ल्याउनु पर्छ ।’ आफ्नो गृह जिल्ला प्यूठानमा चुनावी प्रचार प्रसारका लागि केही दिनमै प्रस्थान गर्ने उनले बताए ।
‘कांग्रेसले युवा नेताहरूलाई उम्मेदवार बनाउनु पर्छ’, उनले भने, ‘म उम्मेदवारको दाबेदार त होइन । तर, आकंक्षी भने हुँ । पार्टीले विश्वास गरेर उम्मेदवार बनायो भने पछाडि हट्दिन ।’ स्थानीय तहको निर्वाचनका लागि गाउँ, नगर, टोलीमा चुनावी माहोल भइसकेको भन्दै उनले भने, ‘कांग्रेसले अलिक धेरै रणनीति बनाउनु पर्छ । बामपन्थीहरूले कांग्रेसलाई निशासाना बनाउँछ ।’
प्यूठान जिल्ला बामपन्थीहरूको आफैमा गढ मानिन्छ । बामपन्थीहरूको गढ भएको जिल्लामा कांग्रेसको राजनीति गरिरहेका युवा नेता पुरीले भने, ‘जिल्लामा हामी कांग्रेसी युवा नेताहरू एक भयौँ भने बामपन्थीहरूको पत्तासाफ बनाउन सकिन्छ ।’ उनी भन्छन्, ‘कांग्रेसको पक्षमा मतदाताहरू छन् । पार्टीभित्र अन्तरघात नहोस् भन्ने पक्षमा म छु ।’
तपाईले मात्रै भनेर के हुन्छ र कांग्रेस भनेकै अन्तरघाती पार्टी हो भनेर आरोप लगाउनेहरू धेरै छन् भन्ने प्रश्न पुरीले भने, ‘त्यस्तो जाद्रै अन्तरघात पनि हुँदैन । एकआधा ठाउँमा होला । तर, त्यसलाई हामी जस्ता युवा नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर नेतृत्वलाई सचेत गराउनु पर्छ ।’ तपाई किन यति धेरै बामपन्थी विरोध भएको ? भन्ने प्रश्नमा उनले भने, ‘बामपन्थीहरू धेरै प्रचारमुखी हुन्छन् । जनताको काम गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेका हुन्छन् । कांग्रेसका नेताले बोल्नेभन्दा पनि काम गरेर देखाउँछन् ।’












प्रतिक्रिया